सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

पूर्व अर्थमन्त्री युवराज खतिवडाको जागिर चट् !

पूर्व अर्थमन्त्री युवराज खतिवडाको जागिर चट् !

  • मिडिया डबली
  • मंगलवार, आश्विन ५ २०७८

  • 8.4K
    SHARES

  • पूर्व अर्थमन्त्री युवराज खतिवडाको जागिर चट् !

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारबाट राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएसँगै पूर्व अर्थमन्त्री युवराज खतिवडाको जागिर चट् भएको छ ।

    खतिवडा अमेरिकाका लागि नेपाली राजदूत थिए । उनलाई ओली सरकारले राजदूत नियुक्त गरेको थियो ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

    सरकारले परराष्ट्र सेवाबाट राजदूत भएकाहरुलाई भने जिम्मेवारीमा कायमै राखेको छ ।

    देउवा सरकारको निर्णयसँगै अमेरिकाको लागि राजदूत भएर गएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि राजदूत भएका पूर्व मुुख्यसचिव लोकदर्शन रेग्मी लगायत राजदूत फिर्ता हुनुपर्नेछ ।

    यसअघि देउवा सरकारले ओली सरकारले नियुक्ति गरेका प्रदेश प्रमुख समेत परिवर्तन गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend