काठमाडौं – नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएका माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटको सुनुवाइ आज मंगलबार पनि निरन्तर हुँदैछ । हिजो सोमवार त्यो मुद्दाको बहस हेर्दाहेर्दैमा टुंगिएको हो ।
न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा टुंगिएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बहस नसकिएकाले मंगलबार पनि सुनुवाइले निरन्तरता पाउने बताएका छन् ।
पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारवाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारवाही गरेपछि सांसद पद निलम्बन गर्नुपर्नेमा नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका छन् । एमालेले सभामखु सापकोटाविरुद्ध संसदमा समेत अवरोध गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।