काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनमा पेश गरिने ३ प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
आज आईतवार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, विधान संशोधन सम्बन्धी र सांगठानिक प्रतिवेदनमाथि छलफल सुरु भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।
असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि आईतवार स्थायी कमिटी सदस्यहरु अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका छन् ।
भोलि सोमबार १ बजे फेरि बैठक बस्ने र बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गरिने भट्टराईले जानकारी दिए ।
केन्द्रीय कमिटीबाट समेत आएका सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेश हुने प्रमुख भट्टराईले बताए ।
राजनीतिक प्रतिवेदनमा पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको कार्यदिशा र समग्र कामको मूल्यांकन गरिएको बताएका छन् । नवौं महाधिवेशनदेखि आजसम्म आइपुग्दा संगठनात्मक रुपमा प्राप्त गरेका उपलब्धि, कमीकमजोरी र प्राप्त शिक्षाबारे सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए ।
विधान संशोधनसम्बन्धी प्रतिवदेनमा पार्टीको विधान संशोधनका विषय समेटिएको भट्टराईले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।