आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डकी श्रीमती र माधव नेपालका बुवालाई पदक दिएपछि शीर्ष राजनीतिमा हंगामा !

प्रचण्डकी श्रीमती र माधव नेपालका बुवालाई पदक दिएपछि शीर्ष राजनीतिमा हंगामा !

  • मिडिया डबली
  • आइतवार, आश्विन ३ २०७८

  • 6.5K
    SHARES

  • प्रचण्डकी श्रीमती र माधव नेपालका बुवालाई पदक दिएपछि शीर्ष राजनीतिमा हंगामा !

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपालका स्वर्गीय बुवालाई संविधान दिवसको अवसरमा पदक दिने निर्णय भएपछि शीर्ष राजनीतिमा हंगामा मच्चिएको छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीमती र बुवालाई पदक दिने निर्णयको चर्काे विरोध गरेका छन् ।

    अध्यक्ष ओलीले राज्यले बाँड्ने विभूषण र पदकहरू सत्ता गठबन्धनका नेता, तिनका परिवार र एमाले सरकारविरुद्ध निरन्तर लागेका मिडियाकर्मी तथा वकिललाई बाँडिएको आरोप लगाए ।

    संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले झलनाथ खनालदेखि प्रचण्ड पत्नीसम्मले पाएको पदकबारे प्रश्न उठाएका छन् ।

    अध्यक्ष ओलीले भने, ‘संविधान दिवस भनेको पिताको मुख हेर्ने दिने हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? यिनले बाँडेका मानपदवी देख्नुभयो नि ? मलाई चाहिँदैन भन्थे, आफ्नाहरुलाई बाँड्नका लागि डाडूपुन्यु समातेका रहेछन् ।’

    उनले एमाले नेतृत्वको सरकारले गरेका विकासका कामको निरन्तर विरोध गरेर खेदो खन्ने मिडियाका मालिक र मिडियाकर्मीलाई छानीछानी मानपदवी बाँडेको आरोप समेत लगाएका छन् ।

    अदालतमा मुद्दा हाल्ने झगडिया, जिताइदिने न्यायाधीश लगायतलाई पदक बाँडिएको आरोप ओलीले लगाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend