आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गणतन्त्रको उपहार : माधव नेपालका बुवा र प्रचण्डकी पत्नी संविधान दिवसको विभूषणबाट सम्मानित

गणतन्त्रको उपहार : माधव नेपालका बुवा र प्रचण्डकी पत्नी संविधान दिवसको विभूषणबाट सम्मानित

  • मिडिया डबली
  • आइतवार, आश्विन ३ २०७८

  • 7.3K
    SHARES

  • गणतन्त्रको उपहार : माधव नेपालका बुवा र प्रचण्डकी पत्नी संविधान दिवसको विभूषणबाट सम्मानित

    काठमाडौं – असोज ३ गते आईतबार परेको संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेकी छन् ।

    नेपालको संविधानको धारा २७७(१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा विभूषण प्रदान गरिएको छ ।

    सरकारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत बुवा मंगलकुमार उपाध्यायलाई प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको छ । गौरस्थित श्री३ जुद्ध हाइस्कूलको प्रधानाध्यापक र रौतहट क्याम्पसका पूर्व क्याम्पस प्रमुख रहेका उपाध्यायलाई साहित्यकारका रूपमा पदक प्रदान गरिएको छ ।

    यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल समेत पदक पाउने सूचीमा परेकी छन् । दाहाललाई सरकारले सुप्रसिद्ध प्रबल जनसेवाश्रीले विभुषण गरेको छ । विभूषण पाउनेको ३६औं नम्बरमा सीता दाहालको नाम रहेको छ ।

    सरकारले नेपाल रत्न दिवंगत प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरेको छ । राष्ट्र गौरवबाट दिवंगत सुवर्षण शम्शेर र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई विभूषित गरिएको छ ।

    महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणी ५ जनालाई प्रदान गरिएको छ। जसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणादेखि दिवंगत स्वर सम्राट नारायण गोपालसम्म रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०१:४४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend