काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ ।
आज आइतवार दिउँसो साढे १२ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।
असोज १५–१७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरूप स्थायी समिति बैठक बोलाएको एमालेले जनाएको छ ।
विधान महाधिवेशनमा पेश हुने ३ वटा प्रतिवेदनबारे बैठकमा छलफल हुनेछ । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाधिवेशनमा पेश हुने कार्यसूची छ । ती प्रस्तावमाथि छलफल गर्नका लागि स्थायी समिति बैठक बोलाइएको छ,’ कार्यालय सचिव तामाङले भने ।
पार्टीमा १० बुँदे सहमति कार्यान्वयनपछि नेताहरुको कार्यविभाजनबारे समस्याका देखिएको छ तर आजको बैठकमा कार्यविभाजनबारे छलफल गर्ने एजेण्डा नरहेको तामाङले जानकारी दिए ।
एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्ने भनिए पनि नेताहरुले २०७५ जेठ २ गतेअघिको जिम्मेवारी नपाएको गुनासो गरेका छन् । सुदूरपश्चिम, बागमती र १ नम्बर प्रदेशका इन्चार्जहरुले पूर्ववत अवस्थामा जिम्मेवारी नपाएको गुनासो एमालेमा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।