काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल संविधान दिवसको अवसरमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ ।
दाहाललाई राजनीतिक अभियन्ता भनेर पदक प्रदान गरिएको हो । उनको ठेगाना चितवन राखिएको छ ।
सर्वोच्च अदालतका ३ जना न्यायाधीशले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाएका छन् । न्यायाधीश अनिलकुमार सिन्हा, सपनाप्रधान मल्ल र तेजबहादुर केसीले पदक पाएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक दिइएको छ ।
महालेखा परीक्षक टंकमणि शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक पाएका छन् ।
मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, पूर्व प्रदेश प्रमुख तिलक परियार, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले समेत उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक पाएका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूलाई सुकीर्तिमय राष्ट्रद्वीपबाट विभूषित गरिएको छ ।
वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर विरही, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्काले पदक पाएका छन् ।
कानूनका विद्यार्थीहरू सुलभ खरेल र समृत खरेलले समेत जनसेवाश्री पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।