शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

आगामी चुनावमा कांग्रेस र माओवादी मिलेर लड्ने प्रचण्डको घोषणा

आगामी चुनावमा कांग्रेस र माओवादी मिलेर लड्ने प्रचण्डको घोषणा

  • मिडिया डबली
  • आइतवार, आश्विन ३ २०७८

  • 7.3K
    SHARES

  • आगामी चुनावमा कांग्रेस र माओवादी मिलेर लड्ने प्रचण्डको घोषणा

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावसम्मै सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन् ।

    शनिबार जनकपुरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरे ।

    संविधान र राष्ट्रको रक्षाका लागि निर्माण भएको गठबन्धनमा कुनै पनि विवाद नरहेको उनले बताए ।

    ‘अब ३ दिनभित्रै सरकार विस्तार हुन्छ,’ उनले भने, ‘असोज ४ वा ५ गतेसम्म सरकार विस्तार हुन्छ । विवादका कारण नभई प्राविधिक कारणले सरकार विस्तारमा ढिलाइ भएको छ ।’

    अमेरिकी सहयोगको एमसीसीका कारण गठबन्धन टुट्ने आशंकाबारे प्रचण्डले भने, ‘एमसीसीका कारण गठबन्धन टुट्दैन, ढुक्क हुनुस् । यो गठबन्धन लोकतन्त्र, गणतन्त्र, संघीयता, संविधानको रक्षाका लागि बनेको हो । सजिलै टुट्नेवाला छैन । यो गठबन्धन आगामी चुनावसम्मै कायम रहन्छ ।’

    आगामी चुनावमा गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलहरू मिलेर चुनाव लड्ने उनले बताए । एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्रमार्फत् पारित गर्नुपर्ने प्रचण्डले बताए ।

    ‘सरकारले पूर्णता पाउन ढिलाइ भएपछि गठबन्धनमा गडबड भएको भ्रम फैलाइयो,’ प्रचण्डले भने, ‘गठबन्धनमा कुनै असन्तुष्टि छैन । हामी एक ढिक्का छौं ।’

    अध्यक्ष प्रचण्डले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरू बिगारिएकाले विना परिमार्जन संसद्बाट पारित गर्न नमिल्ने बताएका छन् । ‘अमेरिकी संसद्मा एमसीसी इन्डो प्यासिफिक स्ट्राटेजीको अंग हो भन्ने विषय चर्चामा आएपछि नेपालमा विवाद झन चर्कियो,’ अध्यक्ष प्रचण्डले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend