काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् ।
आज शनिवार सम्पन्न अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकले बराललाई अध्यक्ष चयन गरेको छ ।
उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् ।
निवर्तमान अध्यक्ष ऐन महरसहित पदाधिकारीले विद्यार्थी संगठनबाट बिदा लिएर पार्टी राजनीतिमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।