काठमाडौं – नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले आगामी चुनावसम्म अध्यक्ष केपी शर्मा ओलीको कम्पनी नेकपा एमालेमा ठूलो पहिरो जाने घोषणा गरेकी छन् ।
एकीकृत समाजवादी सिन्धुलीले आयोजना गरेको जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले एमालेलाई खड्गप्रसाद ओलीको कम्पनीको संज्ञा दिइन् ।
नेत्री झाँक्रीले भनिन्, ‘खड्गप्रसाद ओलीको कम्पनी भत्किने क्रम सुरू भइसकेको छ । स्थानीय र केन्द्रसम्मको चुनावसम्म पार्टीमा पहिरो जान्छ । हामीलाई जनप्रतिनिधि नभएकाले २ महिना पर्खिन भनेका छन्, जनप्रतिनिधि भएकाले १५ महिना भनेका छन, त्यसपछि अन्तिम बाटो भनेको समाजवादी पार्टी नै हो ।’
नेत्री झाँक्रीले नयाँ पार्टी दर्ता गर्दा साथ नदिएका नेताहरूलाई भगौडाको संज्ञा दिँदै यी सबैको हविगत एमालेले गर्ने भनिएको १०औं महाधिवेशनमा देखिने समेत बताइन् । विद्रोह प्रारम्भमा सानैबाट सुरू हुने बताउँदै उनले बिस्तारै ठूलो आकार ग्रहण गर्दै जाने बताएकी छन् ।
‘ओलीको कम्पनी’मा बस्ने अवस्था नभएपछि सहज निकास खोजेर निस्केको भन्दै झाँक्रीले केन्द्र मात्रै नभएर वडा तहसम्म नै विद्रोह गरिएको बताएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।