आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री देउवालाई केपी ओलीको आकर्षक ‘अफर’ : प्रचण्ड, माधव र उपेन्द्रलाई धक्का !

प्रधानमन्त्री देउवालाई केपी ओलीको आकर्षक ‘अफर’ : प्रचण्ड, माधव र उपेन्द्रलाई धक्का !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १ २०७८

  • 8.9K
    SHARES

  • प्रधानमन्त्री देउवालाई केपी ओलीको आकर्षक ‘अफर’ : प्रचण्ड, माधव र उपेन्द्रलाई धक्का !

    काठमाडौं - यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा ठूलो दलदलमा फसेका छन् ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले १४औं महाधिवेशनमा पुनः सभापति हुने इच्छा राखेका छन् । तर सरकार सञ्चालनमा सक्षमता देखाउन नसक्दा उनको आलोचना सुरु हुन थालिसकेको छ । 

    अहिलेकै अवस्थामा अघि बढ्ने हो भने देउवालाई सभापतिमा दोहोर्याउन नहुने भन्दै लबिङ पनि सुरु भएको छ ।

    अहिले देउवाले ६५ दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको घेराबन्दी भएको निष्कर्षमा बालुवाटार पुगेको छ । त्यसैले पछिल्लो समय देउवा निकै निराश देखिन थालेको बुझिएको छ ।

    स्रोतका अनुसार देउवाले पुनः आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष केपी ओली निवास बालकोट पठाएका छन् ।

    अहिलेसम्म कार्की दुईपटक बालकोट पुगिसकेका छन् । यसपटक ओलीले देउवालाई प्रचण्ड, माधव र उपेन्द्रको चंगुलबाट उम्किन नयाँ सल्लाह दिएको बुझिएको छ ।

    ओलीले बालुवाटारलाई फागुनमै तीनै तहको निर्वाचन घोषणा गर्न सल्लाह दिएको उच्च स्रोतले बताएको छ । यदि ओलीकै सल्लाह मानेर देउवा अघि बढे प्रचण्ड, माधव र उपेन्द्रले ठूलो नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend