काठमाडौं – नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा जान चाहेका तर निर्वाचन आयोगले सनाखत नगरेका २ सांसदले नयाँ पार्टीमा जान पाउने गरी सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
एमालेका २ सांसद घट्ने गरी अदालतबाट आएको आदेशले पार्टीलाई ठूलो धक्का लागेको छ ।
सर्वाेच्चले सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एस पार्टीमा समाहित हुन पाउने आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सांसदद्वय नेकपा एसमा सहभागी हुन पाउने गरी अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले रिटको अन्तिम टुंगो नलागेसम्म नयाँ पार्टीमा सामेल हुन पाउने उनीहरुको हकमा प्रतिकूल असर पुग्ने कुनै पनि कारवाही नगर्न समेत आदेश जारी गरेको छ ।
निर्वाचन आयोगले नेकपा एसको सांसदको रुपमा सनाखत गर्न नमानेपछि पाण्डे र भट्टले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । अब दुवैले एमाले छाडेर नेकपा एसमा सनाखत गर्न पाउने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।