काठमाडौं – १० बुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेश इन्चार्ज जिम्मेवारी नदिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हेपेपछि उपाध्यक्ष भीम रावल गृहप्रदेश सुदूरपश्चिमको धनगढी पुगेका छन् ।
अध्यक्ष ओलीले प्रदेश इन्चार्जको जिम्मेवारी पूर्व माओवादी नेता लेखराज भट्टलाई नै दिने निर्णय सुनाउँदै उपाध्यक्ष रावलको चित्त दुखाएका थिए ।
अध्यक्ष ओलीबाट हेपिएपछि कुनै सार्वजनिक अभिव्यक्ति नदिएका उपाध्यक्ष रावल सोझै गृहप्रदेश पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । धनगढीमा रहँदा उपाध्यक्ष रावलले आफूपक्षीय नेता–कार्यकर्तासँग परामर्श र छलफल गरेर नयाँ रणनीति बनाउने स्रोतले जनाएको छ ।
आज मंगलवार गेटा विमानस्थलमा उपाध्यक्ष रावललाई एमालेका नेता कार्यकर्ताले स्वागत गर्दै धनगढी पार्टी कार्यालय पुर्याएका छन् । नेकपा एमाले विभाजन भएपछि उपाध्यक्ष रावल पहिलो पटक सुदूरपश्चिम आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।