शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डलाई एक्लै पर्ने चिन्ता

प्रचण्डलाई एक्लै पर्ने चिन्ता

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 4.4K
    SHARES

  • प्रचण्डलाई एक्लै पर्ने चिन्ता

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

    अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेश गर्दै आफूलाई पनि कहिलेकाहीँ १–२ वर्षपछि यस्तै एक्लै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए ।

    आईतवार ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो दिमागमा कहिलेकाहीँ आफू एक्लै हुने खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तन मनन् गरिदिन पनि वाम बुद्धिजीविलाई आग्रह गरेका छन् ।

    ‘कहिलेकाहीँ म पनि यस्तै हुँदो रहेछ । १–२ वर्ष जतिमा एक्लो पो हुने हो कि र माओले भनेजस्तै ‘म एक्लो हुँ’ भन्नुपर्ने हो कि ? कहिलेकाहीँ यस्तो चित्र पनि मेरो दिमागमा आउँछ । तपाईंहरू यो पनि चिन्तन मनन् गरिदिनुहोला,’ प्रचण्डले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो ? पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनुभयो ? यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र ?’  

    अध्यक्ष प्रचण्डले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका इतिहासहरुको सही समीक्षा गरेर अघि बढनुपर्ने आवश्यकता समेत औंल्याएका छन् । 

    त्यसक्रममा प्रचण्डले फुटेर केही लछारपाटो नलागेकाले अब जुट्नुको विकल्प नभएको समेत बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धेरै पाठ सिकेको बताउदै अध्यक्ष प्रचण्डले अब जुटेर जाँदा वैज्ञानिक समाजवाद आउने दाबी समेत गरेका छन् ।

    कार्यक्रममा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु समेत सहभागी रहेका थिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend