शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

अब प्रचण्डलाई नयाँ ‘टेन्सन’

अब प्रचण्डलाई नयाँ ‘टेन्सन’

  • मिडिया डबली
  • आइतवार, भाद्र २७ २०७८

  • 6.0K
    SHARES

  • अब प्रचण्डलाई नयाँ ‘टेन्सन’

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री नियुक्त गर्ने ‘टेन्सन’बाट मुक्ति पाइसकेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीको नाम दिन गरेको ताकेतालाई प्रचण्डले पूरा गरेका छैनन् ।

    एउटा ‘टेन्सन’ पार नलाग्दै प्रचण्डले अर्काे ‘टेन्सन’ व्यक्त गरेका छन् । आज आईतवार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए ।

    अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेश गर्दै कहिलेकाहीँ १–२ वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले आफ्नो दिमागमा कहिलेकाहीँ त्यस्तो खालको चिन्तन आउने गरेको बताउँदै प्रचण्डले मनन् गरिदिन वाम बुद्धिजीविलाई आग्रह गरेका छन् ।

    प्रचण्डले भने, ‘कहिलेकाहीँ मलाई पनि यस्तै हुँदो रहेछ । १–२ वर्ष जतिमा एक्लो पो हुने हो कि ? माओले भनेजस्तै ‘म एक्लो हुँ’ भन्नुपर्ने हो कि ? कहिलेकाहीँ यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के ! तपाईंहरू यो पनि चिन्तन मनन् गरिदिनुहोला । नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशाका सन्दर्भमा यो रोग के हो ? पुस्तकका टिप्पणीकारहरूले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनुभयो ? यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र ?’

    अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै कुरा लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend