काठमाडौं – नेकपा एमालेले निहुँ खोजेर लगातार संसद बैठक अवरुद्ध गर्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटा ‘एक्सन’मा उत्रिएर सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिनिधिसभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले संसद भवनबाट बाहिरिँदै गर्दा सभामुख सापकोटाले बैठक बोलाएको जानकारी दिए । बैठक सोमवार दिउँसो साढे २ बजे संघीय संसदको ल्होत्से भवनमा बस्ने उनले बताए ।
बुधवारदेखि सुरू भएको प्रतिनिधिसभा नवौं अधिवेशनको बैठकमा नेकपा एमालेले विरोध गरिरहेको छ । पटक–पटक बस्न खोजेको बैठकलाई एमालेले अवरुद्ध गरेको छ ।
एमालेका सांसदको नाराबाजीबीच यसअघि राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश पेश भइसकेको छ भने शुक्रवारको बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेर अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेश गरेका थिए ।
आईतवार पनि एमालेको विरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । प्रतिनिधिसभा आगामी बैठक भदौ २९ गते बस्ने गरी स्थगित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।