काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठकले सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको विरोध संसदमा कायमै राख्ने निर्णय गरेको छ ।
अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख सापकोटा नेकपा एमाले फुटाउने षड्यन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न पार्टीका सांसदलाई निर्देशन दिए ।
आज आईतवार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले भने, ‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस् । नारा लगाउने र बेल घेर्नेभन्दा बाहिर नजानुुस् ।’
अध्यक्ष ओलीले शुक्रवार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भनेर बोलेको सुनेको भन्दै त्यस्तो योजना नभएको दाबी गरेका छन् ।
वर्तमान गठबन्धन सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै ओलीले घण्टाघर नबनाउने बरु भत्काउन सक्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।