काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नयाँ मन्त्री नियुक्त गर्ने विषयमा छलफल भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच संसद् सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।
आईतवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा प्रतिपक्षले गरिरहेको संसद् अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित गठबन्धनभित्र रहेका ५ दलका शीर्ष नेताहरू सहभागी रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।