काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई जसरी पनि हटाउने नीति लिएको छ ।
आफ्नो पार्टी विभाजन गरेको साह्रा दोष एमालेले सभामुख सापकोटामाथि थोपरेको छ । त्यसैले उसले प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।
सभामुख र एमालेबीच तिक्तता यतिसम्म अगाडि बढिसकेको छ कि यसकै कारण संसद् फेरि विघटन हुने हो कि भन्ने अनुमानसमेत गर्न थालिएको छ ।
कतिसम्म भने एमाले सभामुख हटाउने अभियानमा केन्द्रित भएको छ । त्यसको संकेत केही दिनअघि नै उसले दिइसकेको छ । एमालेका नेताहरूले सापकोटालाई महाअभियोग लगाएर हटाउने चेतावनीसमेत दिइसकेको छ ।
प्रतिनिधिसभामा एमाले अल्पमतमा छ । अल्पमतको एमालेले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने अवस्था पनि छैन । जबकि सभामुखविरुद्ध महाअभियोग दर्ता हुँदैन ।
यदि सभामुखविरुद्ध एमालेले कडा नीति अख्तियार गरेमा माओवादी केन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीको कुर्सी नै धरापमा पार्ने भएको छ । माओवादी केन्द्र अहिले सत्तारुढ गठबन्धनमा छ ।
गठबन्धनसँग दुई तिहाइ नभए पनि बहुमत भने कायम छ । त्यसैले महाअभियोग दर्ता गर्नेवित्तिकै राष्ट्रपति पद निलम्बनमा हुने भन्दै माओवादीले एमालेलाई यो विषय सम्झाउन खोजेको नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।