काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाउँदै संसदमा मर्यादित भएर विरोध गर्न सांसदलाई निर्देशन दिएको छ ।
आज शनिवार च्यासलमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भोलि आईतबार मध्याह्न १२ बजेका लागि संसदीय दलको बैठक बोलाइएको बताएका छन् ।
एमाले सांसदले शुक्रवार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए । संसदमा हुने विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको भट्टराईले जानकारी दिए ।
विरोधका क्रममा कतिपय गतिविधि अमर्यादित भएको भन्दै एमाले सांसदको आलोचना भइरहेको छ । स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्नका लागि निर्देशन समेत दिएको भट्टराईले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।