आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टी विभाजनले एमालेलाई २ प्रतिशत पनि असर गर्दैन : ईश्वर पोखरेल

पार्टी विभाजनले एमालेलाई २ प्रतिशत पनि असर गर्दैन : ईश्वर पोखरेल

  • मिडिया डबली
  • शनिवार, भाद्र २६ २०७८

  • 4.7K
    SHARES

  • पार्टी विभाजनले एमालेलाई २ प्रतिशत पनि असर गर्दैन : ईश्वर पोखरेल

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकीकृत समाजवादीमा लागेकाहरू क्रमशः एमालेमै फर्कने क्रम बढेको बताएका छन् ।

    महासचिव पोखरेलले केही समयपछि एमालेका २ प्रतिशत नेताकार्यकर्ता पनि एकीकृत समाजवादीमा नहुने दाबी गरेका छन् ।

    आज शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बृहद् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति २ वटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताएका छन् ।

    राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालामा अवसरवादी र सिद्धान्तहीनहरू मात्र भएको महासचिव पोखरेलको टिप्पणी रहेको छ ।

    ‘आज हाम्रै पार्टीभित्र पनि देखापरेका गलत कुराहरूसँग जुध्ने आँट गर्नुपर्छ,’ पोखरेलले भने, ‘हामी यो लडाइँमा कहिल्यै थाक्ने छैनौं ।’

    महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend