शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

गगन र विश्वप्रकाशको महामन्त्री घोषणाले दबाबमा शीर्ष नेता

गगन र विश्वप्रकाशको महामन्त्री घोषणाले दबाबमा शीर्ष नेता

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २५ २०७८

  • 5.0K
    SHARES

  • गगन र विश्वप्रकाशको महामन्त्री घोषणाले दबाबमा शीर्ष नेता

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन सबैले गरेको अनुमानविपरीत निकै पेचिलो बन्ने संकेत देखिएको छ । वडा तहको अधिवेशन चलिरहेकै अवस्थामा कांग्रेसका दुई चर्चित युवा नेताले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि शीर्ष नेताहरूलाई दबाब परेको छ ।

    अहिलेसम्म कांग्रेसको ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । वडा समिति निर्वाचित भई क्षेत्रीय प्रतिनिधि चयन भएर गइसकेका छन् । अझै २१ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ ।

    यस्तो अवस्थामा कांग्रेस नेता गगन थापा र विश्वप्रकाश शर्माले लगालग महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि अरुलाई निकै अप्ठेरो भएको छ । थापा र शर्माको उम्मेदवारी घोषणासँगै आमयुवा पुस्तामा आशाको रक्तसञ्चार भएको छ ।

    तर, सिनियर नेताहरूमा भने दबाब सिर्जना भएको छ । थापा र शर्माले कुनै प्यानलबाट आफ्नो उम्मेदवारी घोषणा गरेका भने छैनन् । उनीहरूले १४औं महाधिवेशनमा आफूहरू महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका मात्रै हुन् ।

    तर, पनि संस्थापन र इतर समूहमा टाउको दुःखाई बनेको छ । अहिलेसम्म हेर्दा थापा पौडेल समूह र पार्टी प्रवक्तासमेत रहेका शर्मा सभापति शेरबहादुर देउवा समूहमा छन् । कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था ।

    दुवै महामन्त्रीमा एक साथ थापा र शर्माले उम्मेदवारी दिएपछि अब उम्मेदवारी घोषणा गर्नेको अवस्था के होला भन्ने चासो देखिएको छ । किनभने कांग्रेसमा अहिले थापा र शर्मा जति लोकप्रिय नेता अरु छैनन् । त्यसैले पनि अबको महाधिवेशनमा यी दुवै महामन्त्री निर्वाचित हुने सम्भावना बढी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend