काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रीको नाम मागेका छन् ।
शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा देउवाले मन्त्रीको नाम दिन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन् ।
‘मन्त्रिपरिषद् छिट्टै विस्तार गर्नुपर्यो । मन्त्रीको नाम दिनुभयो भने छिट्टै गर्न सकिने कुरा प्रधानमन्त्रीले राख्नुभयो । अरु दलका नेताहरूले पनि मन्त्रिपरिषद् विस्तार छिट्टै गर्नुपर्नेमा एकमत राख्नुभयो,’ पौडेलले भनिन् ।
पार्टीमा छिट्टै छलफल गरेर नाम दिने सहमति समेत बैठकमा नेताहरूबीच भएको छ ।
संसद्मा अध्यादेश टेबुल गर्ने र गठबन्धनलाई मजबुत बनाएर लैजाने विषयमा छलफल भएको सांसद पौडेलले जानकारी दिइन् ।
शुक्रबार बिहान सवा ९ बजेदेखि करीब १ घण्टा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी रहेका थिए ।
सत्तारुढ गठबन्धनको बैठक आज शुक्रबारै साँझ ६ बजे पुनः बस्ने पौडेलले बताएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।