आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसदमा हंगामा मच्चिएपछि मन्थनमा जुट्यो एमाले

संसदमा हंगामा मच्चिएपछि मन्थनमा जुट्यो एमाले

  • मिडिया डबली
  • बिहिवार, भाद्र २४ २०७८

  • 6.3K
    SHARES

  • संसदमा हंगामा मच्चिएपछि मन्थनमा जुट्यो एमाले

    काठमाडौं – पार्टीले कारवाही गरेका १४ सांसदलाई कारवाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रकाशित नगरेपछि आक्रोशित बनेको नेकपा एमालेले बुधबारको प्रतिनिधिसभा बैठकमा हंगामा मच्चायो । एमालेको हंगामाका कारण संसद बैठक सहज रूपमा चल्न सकेन ।

    पार्टी विभाजन गरेका माधवकुमार नेपाल लगायत सांसदलाई तत्कालै कारवाही नगरिएकोमा एमाले आक्रोशित छ । यस्तो बेला संसदमा एमालेको भूमिकाबारे छलफल गर्न एमालेले भोलि शुक्रबार पार्टी स्थायी कमिटी बैठक बोलाएको छ ।

    चालू संसद्मा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न शुक्रवार अपराह्न ४ बजेका लागि तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी एमालेले स्थायी कमिटी बैठक बोलाइएको छ ।

    पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा संसदमा एमालेको भूमिका र विधान महाधिवेशनका सम्बन्धमा छलफल हुने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend