आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली र माधव नेपाललाई एकैठाउँमा राख्न सर्वाेच्च अदालतको आदेश

केपी ओली र माधव नेपाललाई एकैठाउँमा राख्न सर्वाेच्च अदालतको आदेश

  • मिडिया डबली
  • मंगलवार, भाद्र २२ २०७८

  • 10.0K
    SHARES

  • केपी ओली र माधव नेपाललाई एकैठाउँमा राख्न सर्वाेच्च अदालतको आदेश

    काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एकैठाउँमा राखेर छलफल गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

    नेकपा एमालेका अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा अदालतले भदौ २८ गते अन्तरिम आदेशको विषयमा छलफल गर्न ओली र नेपाल दुबै पक्षलाई एकैठाउँमा बोलाउन आदेश दिएको हो । 

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले एमालेले विपक्षी बनाएका संघीय संसदका १४ सांसद र लुम्बिनी प्रदेशका २ सांसदलाई भदौ २८ गते अदालतमा झिकाउन आदेश दिएको छ ।

    नेकपा एमालेले १४ जना सांसदलाई कारवाही गरेर संसद् सचिवालयलाई जानकारी गराए पनि सभामुख अग्निप्रसाद सापकोटाले पद रिक्त भएको सूचना प्रकाशन नगरेपछि एमालेबाट छुट्टिएका माधव नेपाल पक्षले नयाँ दल एकीकृत समाजवादी पार्टी दर्ता गरेका छन् ।

    लुम्बिनी प्रदेशमा एमालेले कारवाही गरेको अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेको भन्दै सभामुखलाई विपक्ष बनाएर एमालेले मुद्दा दर्ता गरेको छ ।

    नेकपा एकीकृत समाजवादी दर्ता गरेको विषयमा निर्वाचन आयोगलाई १५ दिन भित्रमा लिखित जवाफ पेश गर्ने समेत प्रधानन्यायाधीश जबराले आदेश दिएका छन् । 

    आयोगबाट जवाफ आएको तेस्रो दिनदेखि मुद्दामा निरन्तर सुनुवाइ हुने जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend