आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यस्तो रहेछ बामदेव गौतमले एमाले छाड्नुको भित्री रहस्य !

यस्तो रहेछ बामदेव गौतमले एमाले छाड्नुको भित्री रहस्य !

  • मिडिया डबली
  • आइतवार, भाद्र २० २०७८

  • 5.7K
    SHARES

  • यस्तो रहेछ बामदेव गौतमले एमाले छाड्नुको भित्री रहस्य !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजित भएपनि बामदेव गौतम नयाँ पार्टी नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा गइसकेका छैनन् । नयाँ पार्टी स्थापना हुँदा नेता गौतमले सनाखत समेत गरेनन् ।

    नेता गौतम पुरानो पार्टी एमालेमा समेत बसिरहेनन् । उनले उपाध्यक्ष पदबाट राजीनामा दिएर एमाले परित्याग गरेका छन् । एस पार्टीमा नगएका बामदेवले एमाले परित्याग किन गरे ?

    नेता गौतमको राजीनामाका पछाडि एमालेको विधानको प्रावधान रहेको रहस्य खुलेको छ । एमालेले आगामी दशौं महाधिवेशन मंसिरमा गर्ने तोकेको छ । महाधिवेशनमा उम्मेदवार बन्न ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने प्रावधान छ । विधानको धारा ६५ मा ७० वर्ष उमेर पूरा भएका व्यक्तिलाई एमालेको कार्यकारी पदमा उम्मेदवार बन्न र नियुक्त हुन निषेध गरेको छ । नेता गौतम ७१ वर्षका भएका छन् ।

    एमालेको विधानको धारा ६५(३) मा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुने उल्लेख छ । नेता गौतमले विधानको यो व्यवस्था हटाउन माग गरेका थिए तर अध्यक्ष केपी शर्मा ओलीले गौतमको माग सुनेनन् । असोज पहिलो हप्ता हुने विधान महाधिवेशनका लागि प्रस्तावित मस्यौदामा उमेर हदको प्रावधान हटाउन प्रस्ताव नआएपछि गौतमले एमाले परित्याग गरेका हुन् ।

    गौतमले एमालेमै रहेको भएपनि उनी केन्द्रीय कमिटीका कुनै पनि पदमा उम्मेदवार बन्नसक्ने अवस्था थिएन । उनी एमालेको सल्लाहकार वा ज्येष्ठ कम्युनिस्ट मञ्चको सदस्य हुनुपर्ने थियो । अध्यक्ष ओलीलाई ७० वर्ष पूरा नभएकाले उनी पुनः अध्यक्ष पदमा उम्मेदवार हुन पाउने अवस्था छ । ओली हाल ६९ वर्षका छन् । 

    नेता गौतम एस पार्टीमा नगएका भएपनि त्यहाँ उमेर हदको प्रावधान छैन । भोलि गौतम एस पार्टीमा प्रवेश गरेमा जुनसुकै पदमा पनि उम्मेवार हुन, निर्वाचित र मनोनित हुन पाउँछन् । 

    नेता गौतम अझै ५ वर्ष कार्यकारी भूमिकामा रहेर राजनीति गर्न चाहन्छन् । उनको यो चाहना एमालेमा रहेर सम्भव थिएन । त्यसैले गौतमले एमाले परित्याग गरेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend