आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको मनपरी नरोकिएपछि एमालेभित्र अर्काे झमेला, यी नेतामा खैलाबैला

ओलीको मनपरी नरोकिएपछि एमालेभित्र अर्काे झमेला, यी नेतामा खैलाबैला

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १८ २०७८

  • 6.9K
    SHARES

  • ओलीको मनपरी नरोकिएपछि एमालेभित्र अर्काे झमेला, यी नेतामा खैलाबैला

    काठमाडौं – नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताबीच फेरि झमेला सुरू भएको छ ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको साथ छाडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष ओली पुनः एकलौटी रुपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् ।

    २०७५ जेठ २ गतेमा एमालेलाई फर्काउने निर्णय कार्यान्वयनमा ल्याउने भनिएको १ हप्ता नबित्दै अध्यक्ष ओली र दोस्रो पुस्ताका नेताबीच खटपट सुरू भएको छ । केही दिनअघिको बैठकमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सहमति बनेको थियो ।

    भदौ ९ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरेपनि अध्यक्ष ओलीमाथि एकलौटी रुपमा अघि बढ्न खोजेको आरोप लागेको छ ।

    प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को केन्द्रीय भेला अध्यक्ष ओलीले शुक्रबार बोलाएका छन् तर पीपीएलएका अध्यक्ष रहेका रुद्रप्रसाद नेपाललाई नै भेलाबारे जानकारी नभएको बताइएको छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा गर्न लागिएको भेलामा प्रमुख अतिथिका रुपमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय छ । ओली पक्षले एकपक्षीय रुपमा भेला बोलाएपछि पीपीएलएका अध्यक्ष नेपालले भेला बोलाउने कुनै संस्थागत निर्णय नभएको भन्दै पीपीएलएका सदस्यहरुलाई सहभागी नहुन सूचना नै जारी गरेका छन् ।

    ‘सामाजिक सञ्जालमा भोलि अर्थात् भदौ १८ गते शुक्रवारका दिन पीपीएलए केन्द्रीय कमिटीका नाममा बोलाइएको भनिएको भेला संस्थागत निर्णय विना भएकाले सो भेलाबारे पीपीएलएलाई संस्थागत रुपमा कुनै जानकारी नभएको व्यहोरा अनुरोध छ,’ अध्यक्ष नेपालले एक अपिल जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘पीपीएलएको एकता बचाउन चाहने कानून व्यवसायीलाई सो भेलामा सहभागी नहुन हार्दिक अपिल गर्छु ।’

    तर पीपीएलएका अध्यक्ष नेपालले भेलाबारे जानकारी नै छैन भनिरहँदा संगठनकै नामबाट भेलाको निम्तो गरिएको छ । बिहीवार संगठनको आधिकारिक फेसबुकमा भनिएको छ, ‘यस संगठनको सचिवालयको बैठक तथा केन्द्रीय समितिको भर्चुअल बैठकमा छलफल भई भदौ १८ गते २ बजे पुनर्जागरण भेला राखिएको हुँदा भोलिको भेला यथावत रूपमा सञ्चालन हुने व्यहोरा सबैमा अनुरोध गर्दै भोलि शुक्रवार २ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा हुने भेलामा सहभागी भइदिनुहुन विनम्र अनुरोध गर्छाैं ।’

    पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउने क्रममा कुनै विवाद भए त्यसको समाधान गर्न कार्यदल समेत गठन भइसकेको छ । एमालेले सम्पूर्ण जनसंगठनको एकीकरण व्यवस्थित गर्ने सम्बन्धमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ तर उनीहरुलाई समेत थाहा नै नदिई ओली समूहले भेला राखेको स्रोतको दाबी रहेको छ ।

    पीपीएलएका इन्चार्ज समेत रहेका स्थायी कमिटी सदस्य रघुजी पन्तले भेलाबारे कुनै जानकारी नभएको बताएका छन् । पन्तले एकतर्फी भेला रोक्न आग्रह गर्दा समेत ओली पक्षले नमानेको बताइएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend