हेटौँडा - एमालेका नेता समेत रहेका बग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले बुधबार बिहान मन्त्री पदबाट राजीनामा दिएका छन् ।
शर्माले मन्त्री पदबाट राजीनामा दिएपछि एमाले नेतृ एवम् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई तनाब भएको छ । शाक्यको सरकार ढल्ने भएपछि बालकोटमा बसेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ठूलो तनाब भएको छ ।
मंगलबार उनले औपचारिक रुपमा बाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।