काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन अझै सुनिश्चित नभइसके पनि नेताहरूले नेतृत्वमा दाबी गर्ने क्रम बढेको छ ।
अहिलेसम्म दुई नेताले मात्रै नेतृत्वमा दाबी गरेका छन् । उपसभापति विमलेन्द्र निधिले सभापतिमा र युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनीहरूले प्यानलवाइजभन्दा पनि एकल उम्मेदवारी घोषणा गरेका हुन् । निधिले केही दिनअघि थापागाउँको एक ब्यांक्वेटमा ठूलो तामझामका साथ सम्पर्क कार्यालय खोलेर सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । उनको घोषणा कार्यक्रममा कांग्रेसका कोही ठूला नेतासमेत थिएनन् ।
यसले गर्दा निधिको सभापतिमा उम्मेदवारी दिने घोषणा फिक्का बनेको छ । निधिको सम्पर्क कार्यालय शुभारम्भ कार्यक्रममा डडेल्धुरा, धनुषा, नुवाकोट जिल्लाका कांग्रेस सभापति मात्र थिए ।
कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्नु आफैंमा ठूलो कदम हो । तर, निधिको दाबेदारीले त्यति चर्चा पाएन । सोमबार मात्रै कांग्रेस नेता थापाले महामन्त्रीमा उम्मेदवारीको घोषणा गरे ।
थापाको यो घोषणाले भने ठूलै चर्चा परिचर्चा पायो । जबकि थापा १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए । कांग्रेसमा दुई महामन्त्रीको निर्वाचन हुनेछ । अब अर्को महामन्त्रीमा कसले उम्मेदवारी घोषणा गर्लान् त भन्ने चासो आम कांग्रेसीजनमा देखिएको छ ।
यो पनि पढ्नुहोस्
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने युवा नेता गगन थापाको घोषणा
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।