आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले फुटिसकेपछि प्रधानमन्त्री देउवाविरुद्ध अदालत जाने निष्कर्षमा पुगे ओली, पार्टी बैठकबाट यस्तो निर्णय

एमाले फुटिसकेपछि प्रधानमन्त्री देउवाविरुद्ध अदालत जाने निष्कर्षमा पुगे ओली, पार्टी बैठकबाट यस्तो निर्णय

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 5.9K
    SHARES

  • एमाले फुटिसकेपछि प्रधानमन्त्री देउवाविरुद्ध अदालत जाने निष्कर्षमा पुगे ओली, पार्टी बैठकबाट यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएर प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ पार्टीमा जाने विकल्प खुला गरेको प्रावधानविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ ।

    बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले दल सम्बन्धी अध्यादेश ल्याउने देउवा सरकारविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

    नेता माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध समेत एमाले अदालतमा जानेछ ।

    निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको आरोप लगाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कानूनी उपचार खोज्ने निर्णय गरिएको बताए ।

    पार्टीले कारबाही गरेको सूचना दिइसकेको व्यक्तिलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित व्यक्तिको पनि सनाखत गर्नुका साथै हस्ताक्षर नगरेका व्यक्तिको समेत सनाखत गरिएको आरोप एमालेले लगाएको छ ।

    प्रवक्ता ज्ञवालीले भने, ‘निर्वाचन आयोगको भूमिका दल विभाजनमा सहयोगी हुने होइन । कानूनसम्मत गर्ने हो तर कयौं कुराहरू यो ढंगको देखिएकाले कानूनी उपचार खोज्ने भनेका हौं ।’

    पार्टीले कारबाही गरेर पत्र पठाएपछि सांसदहरूलाई पदमुक्त गरेको सूचना नटाँस्नु सभामुखको गल्ती भएको एमालेले जनाएको छ । उनले भने, ‘यसको पनि कानूनसम्मत संसदीय अभ्यास अनुसार विरोध गर्छौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend