आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले उपाध्यक्ष बामदेव गौतमद्वारा पार्टीबाट राजीनामा घोषणा

एमाले उपाध्यक्ष बामदेव गौतमद्वारा पार्टीबाट राजीनामा घोषणा

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 15.7K
    SHARES

  • एमाले उपाध्यक्ष बामदेव गौतमद्वारा पार्टीबाट राजीनामा घोषणा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीबाट राजीनामाको घोषणा गरेका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीलाई नेता मान्न नसक्ने बताउँदै उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् ।

    गौतमले ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णयमा पुगेको बताए । गौतमले सञ्चारकर्मीसँग भनेका छन्, ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्न र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईंले मलाई लखेट्नुभयो भनिसकेको छु । उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक–दुई दिनभित्रमै हुन्छ होला ।’

    उपाध्यक्ष गौतमले बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने जानकारी दिए ।

    एमालेबाट राजीनामा दिने घोषणा गरेपनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्ने/नलाग्नेबारे गौतम खुलेका छैनन् । उपाध्यक्ष गौतमले एमाले विभाजन नहुँदैदेखि एकताको नाममा छुट्टै संगठनात्मक गतिविधि सञ्चालन गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend