आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले फुटेकै दिन बालकोटमा ओलीको डान्स (भिडियो)

एमाले फुटेकै दिन बालकोटमा ओलीको डान्स (भिडियो)

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 6.1K
    SHARES

  • एमाले फुटेकै दिन बालकोटमा ओलीको डान्स (भिडियो)

    काठमाडौं - संयोग पनि कस्तो भने बुधबार एमाले औपचारिक रूपमा विभाजन भयो । बुधबार नै एमाले अध्यक्ष केपी ओलीकी धर्मपत्नी राधिका शाक्यको जन्मदिन ।

    एमालेमा पछिल्लो समय बर्थ डे संस्कृति खुबै फस्टाएको छ । ओलीले पार्टीका नेताहरुलाई जन्मदिनमा केक काट्ने गरिरहेका छन् । झन् आफ्नी धर्मपत्नीको जन्मदिन नमनाउने कुरै भएन ।

    बुधबार दिनभरि ओलीले पार्टी विभाजन भएको मलम लगाउन पत्रकार सम्मेलनमा माधवकुमार नेपाललाई आरोप लगाइरहे । सबैको ध्यान आफूूतिर तान्न ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलन गरे । पार्टी विभाजन भएको सबै आरोप माधव नेपाललाई लगाए । र, बालकोट फर्किए ।

    राधिका शाक्यको जन्मदिनमा बालकोटस्थित ओली निवासमा बुधबार राति सानो जमघट थियो । पार्टीका केही नेताहरुसहित अनेरास्ववियुका युवाहरुको समूह शाक्यलाई शुभकामना दिन बालकोट पुगेका थिए । त्यस क्रममा ओली रमाइलो मुद्रामा देखिए । दिनभरिको थकान मेटाउन पनि उनले धर्मपत्नी शाक्यको जन्मदिनको पार्टीमा एकछिन डान्स गरे ।

    ओलीले आफैंले लेखेको गीत ‘म त कति भाग्यमानी‘’ भन्ने गीतमा नाचेका थिए । पार्टी विभाजन भएकै दिन ओलीले बालकोटमा गरेको डान्स अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend