आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको कडा निर्देशनपछि आजै राजीनामा दिँदै शेरधन राई, यी बन्दैछन् नयाँ मुख्यमन्त्री

ओलीको कडा निर्देशनपछि आजै राजीनामा दिँदै शेरधन राई, यी बन्दैछन् नयाँ मुख्यमन्त्री

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 5.1K
    SHARES

  • ओलीको कडा निर्देशनपछि आजै राजीनामा दिँदै शेरधन राई, यी बन्दैछन् नयाँ मुख्यमन्त्री

    काठमाडौं – नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएसँगै १ नम्बर प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने भएका छन् ।

    मुख्यमन्त्री शेरधन राईले आज बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

    मुख्यमन्त्री राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । आज बिहीवार एमाले संसदीय दलको बैठक बोलाइएको छ ।

    एमाले सांसद विमल कार्कीले आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी रहेको जानकारी दिए ।

    मुख्यमन्त्री राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रूपमा दलको नेता भीम आचार्यलाई बनाउने र आजै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने तयारी गरिएको छ ।

    नेता माधवकुमार नेपाल पक्षमा रहँदै आएका एमाले सचिव भीम आचार्यले पार्टी विभाजनका बेला साथ छाडेर एमालेमै रहने निर्णय गरेकाले उनलाई मुख्यमन्त्री बनाउन लागिएको छ ।

    यसअघि नै अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी एकता अभियानमा सक्रिय भएका थिए तर पार्टी विभाजन नरोकिएपछि माधव नेपाल पक्षका सांसदलाई नयाँ दलमा जान नदिन आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको एमाले स्रोतले जनाएको छ ।

    नेता नेपाल पक्षमा १ नम्बर प्रदेशका १५ सांसद रहेका जनाइएको छ । आचार्यलाई मुख्यमन्त्री बनाउँदा त्यसको ठूलो संख्या आफूले एमालेमै राख्ने दाबी आचार्यले गरेका छन् । आचार्यले सांसदहरूलाई फकाउन थालेका छन् ।

    आचार्यले भन्ने गरेका छन्, ‘मैले सबै मन्त्रीहरू हाम्रो टीमबाट बनाउने हो । मन्त्रीमण्डल र संसदीय समितिहरूमा पनि व्यापक फेरबदल हुनेछ । पार्टी नछाडौं ।’

    १ नम्बर प्रदेश सभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद रहेका छन् । यसअघि माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि उनी कारबाहीमा परिसकेका छन् ।

    एमालेका ५१ सांसदमध्ये १५ जना समाजवादीमा रहेको दाबी गरिरहेको छ । तर दोस्रो पुस्ताका नेताहरू एमालेमै रहने र २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीको संगठनात्मक संरचना र नेतृत्व रहने निर्णय भएपछि कतिपय सांसदले एमाले नछाड्ने सम्भावना छ । 

    त्यहाँ मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियाँलाई मुद्दा लागेको कारण हाल एमालेका ४९ सांसद मात्रै रहेका छन् । एमालेका ३ सांसद पनि नवगठित एकीकृत समाजवादी पार्टीतिर गएमा एमालेको एकल सरकार बन्न सक्दैन ।

    यसअघि एमाले अध्यक्ष ओलीले बागमती प्रदेशमा डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइसकेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend