काठमाडौं – नेकपा एमाले विभाजनपछि आज बिहीबार पहिलोपटक पार्टी केन्द्रीय कमिटी बैठक बस्दैछ ।
स्थायी समिति बैठकमार्फत् केही नेताहरू सहमतिको मिलनविन्दुमा पुगेको एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने भएको छ ।
केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बैठकको निर्णयलाई अनुमोदन गर्ने भएको छ ।
बिहीबार दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बैठक सुरू हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।
एमालेको संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर क्रियाशील गराउने र १० बुँदे सहमति कार्यान्वयनबारे बैठकमा छलफल हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।