आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको पार्टीलाई छुट्टै दलको मान्यता, अब देउवा सरकारमा जाने

माधव नेपालको पार्टीलाई छुट्टै दलको मान्यता, अब देउवा सरकारमा जाने

  • मिडिया डबली
  • बुधवार, भाद्र ९ २०७८

  • 5.2K
    SHARES

  • माधव नेपालको पार्टीलाई छुट्टै दलको मान्यता, अब देउवा सरकारमा जाने

    काठमाडौं – संसदको सबैभन्दा ठूलो तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विभाजित भएर अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले छुट्टै दलको मान्यता पाएको छ ।

    नेता नेपालको नेतृत्वमा एमालेका ५५ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता लागि दिएको निवेदनलाई निर्वाचन आयोगले सदर गरेसँगै नेपालमा नयाँ दल जन्मिएको हो ।

    आयोगका आयुक्तको बुधबार साँझको बैठकले केन्द्रीय कमिटीका २० प्रतिशतभन्दा बढी सदस्यको सनाखतका आधारमा एमाले विभाजित गर्ने निर्णय गरेको जनाइएको छ ।

    केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशत सदस्यले केन्द्रीय कमिटी वा सांसदमध्ये समर्थन जनाएमा दल विभाजन गर्न पाइने अध्यादेश ल्याएका थिए । दल विभाजित भएपछि अब एकीकृत समाजवादी पार्टी देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

    अध्यादेशमै टेकेर आयोगले बनाएको नियमावलीका आधारमा नेकपा एकीकृत समाजवादी पार्टीलाई मान्यता दिने निर्णयमा आयोग पुगेको छ । 

    निर्वाचन आयोगबाट नयाँ दलले मान्यता पाएसँगै नेता नेपालको पार्टीले संसदमा समेत संसदीय दल गठनको अवसर पाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार र दम्भबाट मुक्त भएर अब नेता नेपालले स्वतन्त्र निर्णय लिन पाउने भएका छन् ।

    नेकपा एकीकृत समाजवादीको पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्य र संसदका ३० सांसदले सनाखत गराएका थिए । यससँगै एकीकृत समाजवादी दल दर्ताको बाटो खुलेको थियो । एमालेमा आफ्नै पक्षमा रहेका अधिकांश नेताले धोका दिएपनि नेता नेपाल नयाँ दल दर्तामा सफल भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend