काठमाडौं – संसदको सबैभन्दा ठूलो तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फुटेको छ ।
नेता माधवकुमार नेपालको नेतृत्वमा एमालेका ५५ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता लागि दिएको निवेदनलाई निर्वाचन आयोगले सदर गरेको छ ।
आयोगका आयुक्तको बुधबार साँझको बैठकले केन्द्रीय कमिटीका २०% भन्दा बढी सदस्यको सनाखतका आधारमा एमाले विभाजित गर्ने निर्णय गरेको छ ।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०% सदस्यले केन्द्रीय कमिटी वा सांसदमध्ये समर्थन जनाएमा दल विभाजन गर्न पाइने अध्यादेश ल्याएका थिए ।
अध्यादेशमै टेकेर आयोगले बनाएको नियमावलीका आधारमा नेकपा एकीकृत समाजवादी पार्टीलाई मान्यता दिने निर्णयमा आयोग पुगेको छ । बुधबारै दल दर्ता गर्ने निर्णय भएपनि प्रमाणपत्र बिहीबार दिइनेछ ।
निर्वाचन आयोगबाट नयाँ दलले मान्यता पाएसँगै नेता नेपालको पार्टीले संसद्मा समेत संसदीय दल गठनको अवसर पाउने भएको छ ।
नेकपा एकीकृत समाजवादीको पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्य र संसदका ३० सांसदले सनाखत गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।