काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलसहित प्रभावशाली नेताहरूलाई फकाउन सफल भएपछि आज बुधबार पत्रकार सम्मेलन गर्दैछन् ।
पार्टी जीवनको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाबारे एमालेको धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी खोल्न निर्वाचन आयोग प्रक्रिया अगाडि बढाएका बेला ओलीले पत्रकार सम्मेलन गर्न लागेका छन् ।
पत्रकार सम्मेलन बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा राखिएको छ ।
आज बुधबारै नेपाल पक्षका नेताहरू सनाखतका लागि निर्वाचन आयोग जाँदैछन् । केही दिनअघि नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेपाल पक्षका नेताहरू अहिले चन्द्रागिरी रिसोर्टमा रहेका छन् ।
नेताहरूलाई निर्वाचन आयोगले आज बुधबारै सनाखतका लागि उपस्थिति हुन समय दिएको छ । सनाखतमा जानुअघि नेताहरू चन्द्रागिरीस्थित एक रिसोर्टमा भेला भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।