आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब माधव नेपालमाथि खनिने पालो योगेश भट्टराई र घनश्याम भुसालको

अब माधव नेपालमाथि खनिने पालो योगेश भट्टराई र घनश्याम भुसालको

  • मिडिया डबली
  • मंगलवार, भाद्र ८ २०७८

  • 7.4K
    SHARES

  • अब माधव नेपालमाथि खनिने पालो योगेश भट्टराई र घनश्याम भुसालको

    काठमाडौं - केपी ओलीले दुई दुईपटक गरेको प्रतिनिधिसभा विघटन पुनःस्थापनामा योगेश भट्टराई, घनश्याम भुसालले दह्रो साथ दिएका थिए ।

    प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई ओलीले अहिले पनि गल्ती भयो भन्दै आत्मालोचनासमेत गरेका छैनन् । तर तिनै ओलीसँग अहिले योगेश र घनश्याम मिल्न पुगेका छन् ।

    माधव नेपाल पक्षमा रहँदा योगेश, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरूले आन्दोलनसमेत गरेका थिए । सर्वोच्च अदालतको फैसलाले पुनःस्थापना गरिदिएपछि ओली प्रधानमन्त्रीबाट पदच्यूत हुन पुगेका हुन् ।

    बालुवाटारबाट बालकोट पुगेलगत्तै ओलीको निर्देशनमा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको थियो ।

    तर भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका तेस्रो धारका नेताले प्रतिनिधि सभा पुनःस्थापनालाई महान र ऐतिहासिक भनेका छन् । प्रतिनिधिसभा विघटन जालसाजी र अपराध थियो भन्ने धारणासमेत उनीहरुको थियो । 

    अब प्रतिनिधिसभा पुनःस्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ?

    विपरित ध्रुवका यी दुई धार सँगसँगै जान सक्लान् ? भन्ने विश्लेषण हुन थालिसकेको छ । घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अब ओली नेतृत्वको एमालेमा दास बन्नुको बिकल्प नभएको बताउन थालिएको छ ।

    किनभने ओली सामूहिक होइन, एकल नेतृत्व मन पराउँछन् । त्यसैले केही दिनदेखि ओलीकै बोलीमा लोली मिलाउँदै योगेश, घनश्यामहरूले माधव नेपाललाई गद्दार भनेर भाषण गर्ने अनुमान गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend