काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी समिति बैठक आज बस्दैछ । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गरिएको १० बुँदे सहमतिलाई कार्यन्वयनमा लैजाने गरी स्थायी समिति बैठक बस्न लागेको हो ।
आजको बैठकमा गत पुस ५ यता संस्थापन समूहको बैठकमा भाग नलिएका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुनेछन् ।
बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने भएको छ भने १० बुँदे कार्यन्यवयनका अन्य मापदण्डहरु पनि निर्माण गर्ने बताइएको छ । त्यसका लागि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल रहेको कार्यदल निर्माण गरिएको छ ।
आजको बैठकबाट एमालेका जेठ २ अघिका पार्टी संचरना हुवहु पुनःर्जीवित हुनेछन् । जुन कमिटी जति सदस्य थिए, जस्ताको तस्तै ब्युँताइने बताइएको छ । प्रदेश कमिटीहरु पनि जेठ २ कै अवस्थामा फर्किने छन् ।
जसअनुसार अब प्रदेश १ मा इन्चार्जका रुपमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावलले इन्चार्जका रूपमा प्रदेश कमिटी हाँक्ने छन् ।
प्रदेश १ मा इन्चार्ज सुवास नेम्बाङ, २ मा रघुवीर महासेठ, बागमतीमा रामबहादुर थापा बादल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको थियो । यी जिम्मेवारीबाट अब उनीहरु बिदा हुनेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।