काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले देखिएको विवाद समाधान भएको जनाइएको छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओली र उपाध्यक्ष भीम रावल नेतृत्वको तेस्रो धारका नेताबीचको छलफलले १० बुँदे सहमति कार्यान्वयन गर्ने र भोलि मंगलबार स्थायी कमिटी बैठकबाट आवश्यक निर्णय गर्ने सहमति गरेको छ ।
स्थायी कमिटी बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
पार्टी बैठकमा एकताका पक्षधर नेताहरू समेत सहभागी हुने ज्ञवालीले जानकारी दिए । छलफलले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सहमति भएको जनाइएको छ ।
यसैबीच, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । अध्यक्ष नेपालले आज सोमवार दिउँसो १२ बजेदेखि २ बजेसम्म राष्ट्रपति भण्डारीलाई भेटेका जनाइएको छ ।
शितलनिवास स्रोतका अनुसार भेटमा एमाले विभाजन र पछिल्लो राजनीतिका विषयमा केन्द्रित रहेर कुराकानी भएको छ । राष्ट्रपति भण्डारीले एमाले भित्रको विवादमा यसअघिदेखि नै सक्रियतापूर्वक चासो राख्दै आएको देखिएको छ ।
एमालेमा हुँदा नेपाल पक्षमै रहेपनि नयाँ पार्टीमा नगएका उपाध्यक्ष भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरू एमाले अध्यक्ष केपी ओलीसँग १० बुँदे कार्यदल स्तरमा भएको सहमतिको अक्षरश पालना गर्नुपर्ने अल्टिमेटमका विषयमा निर्णायक छलफल गर्न पुगेका बेला राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेटवार्ता भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।