आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली निवासमा गम्भीर वार्ता हुँदै गर्दा माधव नेपालले भेटे विद्यादेवी भण्डारी

ओली निवासमा गम्भीर वार्ता हुँदै गर्दा माधव नेपालले भेटे विद्यादेवी भण्डारी

  • मिडिया डबली
  • सोमवार, भाद्र ७ २०७८

  • 6.6K
    SHARES

  • ओली निवासमा गम्भीर वार्ता हुँदै गर्दा माधव नेपालले भेटे विद्यादेवी भण्डारी

    काठमाडौं – नेकपा एमाले विभाजित भइसक्दा समेत नेता माधवकुमार नेपाल पक्षका अधिकांश नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेमै रहेका छन् । तर ती नेताहरूले एकताका लागि केही शर्त र माग राखेका छन् ।

    अध्यक्ष ओली निवास बालकोटमा सोमबार बिहान यिनै विषयमा चर्चा भइरहेका बेला निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

    अध्यक्ष नेपालले आज सोमवार दिउँसो १२ बजेदेखि २ बजेसम्म राष्ट्रपति भण्डारीलाई भेटेका जनाइएको छ ।

    शितलनिवास स्रोतका अनुसार भेटमा एमाले विभाजन र पछिल्लो राजनीतिका विषयमा केन्द्रित रहेर कुराकानी भएको छ । राष्ट्रपति भण्डारीले एमाले भित्रको विवादमा यसअघिदेखि नै सक्रियतापूर्वक चासो राख्दै आएको देखिएको छ ।

    एमालेमा हुँदा नेपाल पक्षमै रहेपनि नयाँ पार्टीमा नगएका उपाध्यक्ष भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरू एमाले अध्यक्ष केपी ओलीसँग १० बुँदे कार्यदल स्तरमा भएको सहमतिको अक्षरश पालना गर्नुपर्ने अल्टिमेटमका विषयमा निर्णायक छलफल गर्न पुगेका बेला राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेटवार्ता भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend