आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री बनाइदिन बिन्ती गर्दै माधव नेपालको शरणमा पुगेका यी नेतालाई झड्का !

मुख्यमन्त्री बनाइदिन बिन्ती गर्दै माधव नेपालको शरणमा पुगेका यी नेतालाई झड्का !

  • मिडिया डबली
  • सोमवार, भाद्र ७ २०७८

  • 10.5K
    SHARES

  • मुख्यमन्त्री बनाइदिन बिन्ती गर्दै माधव नेपालको शरणमा पुगेका यी नेतालाई झड्का !

    काठमाडौं – नेकपा एमाले विभाजन भएसँगै कतिपय नेताहरू नेता माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीतिर लागिरहेका छन् । तर नेपाल पक्षमै रहेका धेरै नेताहरू उनको पार्टीमा गएनन् ।

    जसमध्ये नेकपा एमालेका सचिव तथा १ नम्बर प्रदेशका नेता भीम आचार्य समेत माधव नेपाललाई छाडेर एमालेमै रहेका छन् । तर १ नम्बर प्रदेशको मुख्यमन्त्री बनाइदिन बिन्ती गर्दै आचार्य नेता नेपालनिवास कोटेश्वर पुगेको खुलासा भएको छ ।

    तर नेता नेपालले आचार्यलाई मुख्यमन्त्री बनाउन नसक्ने जवाफ दिएका छन् । 

    प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत रहेपनि पार्टी विभाजन हुँदा बहुमत गुम्ने देखिएको छ । बहुमत गुमेको अवस्थामा नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउन सक्ने र नेकपा एमाले प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । एमालेकै रहेर मुख्यमन्त्री बन्ने दाउमा रहेका आचार्यको सपना पूरा नहुने देखिएपछि उनी नेपालको शरणमा पुगेका थिए ।

    तर आफ्नो पक्षमा नलागेको भन्दै नेता नेपालले आचार्यलाई मुख्यमन्त्री नबनाउने भएका छन् । 

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रदेश १ को मुख्यमन्त्री बन्न हच्किएका आचार्य उक्त पद प्राप्तिका लागि नेपालको सहयोग माग्नका लागि शनिबार बिहान नेपालको कोटेश्वरस्थित निवास नै पुगेका थिए। तर, उनलाई सघाउने विषय अहिले सम्भव नरहेको जवाफ नेता नेपालले दिएको उनीनिकट स्रोतले जनाएको छ।  

    प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल सहितको गठबन्धनको सहयोग भएपछि एमालेका ८ जना मात्रै सांसद भए पनि नयाँ सरकार बनाउन प्रदेशमा संख्या पुग्ने छ । नेपाल पक्षले प्रदेशमा आफूसँग १५ सांसद रहेको र संख्या बढेर १८ पुग्ने दाबी गरेको छ ।

    सचिव आचार्य ओलीतिर लागेपछि विपक्षी गठबन्धनले नेपाल पक्षका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend