आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेव गौतमको नयाँ घोषणा : ओली नेतृत्वको एमालेमै रहेको स्पष्टोक्ति, समाजवादीप्रति आपत्ति

बामदेव गौतमको नयाँ घोषणा : ओली नेतृत्वको एमालेमै रहेको स्पष्टोक्ति, समाजवादीप्रति आपत्ति

  • मिडिया डबली
  • आइतवार, भाद्र ६ २०७८

  • 5.2K
    SHARES

  • बामदेव गौतमको नयाँ घोषणा : ओली नेतृत्वको एमालेमै रहेको स्पष्टोक्ति, समाजवादीप्रति आपत्ति

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू नेकपा एमालेमै रहेकाले नेकपा एकीकृत समाजवादी पार्टीको पोस्टरमा आफ्नो फोटो राखिएकोमा आपत्ति जनाएका छन् ।

    उपाध्यक्ष गौतमका स्वकीय सचिव दीपक टमाटाले आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएपनि गौतम एमालेमै रहेको स्पष्ट पारेका छन् ।

    ‘केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. बामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क. बामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि उपाध्यक्ष गौतम नेतृत्वको एकता अभियानको भर्चुअल बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा समाहित हुने निर्णय गरेको जानकारी गौतमका अर्का स्वकीय सचिव शैलेन्द्र राउतले दिएका थिए ।

    नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै गौतमको फोटो राखेर शनिवारदेखि पार्टीका कार्यकर्ताले प्रचार गरिरहेका छन् । ब्यानर गौतमका प्रेस संयोजक समेत रहेका विश्वमणि सुवेदीले समेत सामाजिक सञ्जालमा राखेका थिए । तर सचिवालय भित्रैबाट गौतम एमालेमै रहेको स्पष्टीकरण आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend