आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको घमण्डले चिरा-चिरा हुँदै एमाले

केपी ओलीको घमण्डले चिरा-चिरा हुँदै एमाले

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ४ २०७८

  • 5.0K
    SHARES

  • केपी ओलीको घमण्डले चिरा-चिरा हुँदै एमाले

    काठमाडौं - प्रमुख प्रतिपक्ष एमाले चिरा-चिरा हुँदैछ । अध्यक्ष केपी ओलीको अहंकार र घमण्डका कारण पार्टी टुक्रा टुक्रा हुन लागेको हो ।

    अहिलेसम्म दुई चिरा बनेको एमाले अब चाँडै अर्को चिरा हुँदैछ । बिहीबार एमाले अध्यक्ष ओलीले विभाजनमा नलागेका १० नेतालाई लक्षित गर्दै ‘पिलो निचोरियो भनेको खिल बाँकी नै रहने भयो’ भनेपछि भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य असन्तुष्ट बनेका छन् । 

    माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएका उनीहरूले तेस्रो धार बनाउन थालेका छन् । उनीहरूले ओलीसमक्ष चाँडै १० बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिएका छन् । यदि आफूहरूले दिएको समयभित्र माग सम्बोधन नभए ओलीसँगको एकता क्लोज हुने बताएकाले एमाले फेरि चिरा पर्न लागेको हो । यी सबै नेताले माधव नेपाललाई साथ दिएका छैनन् । 

    माधव नेपाल भने निर्वाचन आयोगमा ‘नेकपा एकीकृत समाजवादी’ पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।

    यसअघि उनले एमाले समाजवादी पार्टी राखेका थिए । नेता नेपालको नयाँ पार्टीको नामबाट एमाले शब्द हटेको छ । शुक्रबार निर्वाचन आयोगले मूल पार्टीसँग शब्द जुधेकाले अर्कै राख्न आग्रह गरेपछि नेता नेपाल पक्षले ‘नेकपा एकीकृत समाजवादी’ नाम प्रस्तावित गरिएको छ ।

    राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend