आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जन्मिन नपाउँदै एमाले समाजवादीमा यी ६ नेताले गरे विद्रोह, माधव नेपाललाई संकट !

जन्मिन नपाउँदै एमाले समाजवादीमा यी ६ नेताले गरे विद्रोह, माधव नेपाललाई संकट !

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३ २०७८

  • 8.9K
    SHARES

  • जन्मिन नपाउँदै एमाले समाजवादीमा यी ६ नेताले गरे विद्रोह, माधव नेपाललाई संकट !

    काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भएर नयाँ पार्टी नेकपा एमाले समाजवादी दर्ता गराउने प्रक्रियामा लागेका नेता माधवकुमार नेपालमाथि संकट आइलागेको छ ।

    आफू अध्यक्ष रहेर नेपालले प्रस्ताव गरेको पार्टी दर्ता प्रक्रिया पूरा नभएकाले जन्मिसकेको छैन तर पार्टी नजन्मिँदै विद्रोह सुरु भएको छ ।

    अध्यक्ष नेपालले नयाँ पार्टीको केन्द्रीय कमिटीमा नाम राखेका ६ जनाले विद्रोह गर्दै आफूहरू नयाँ पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।

    निर्वाचन आयोगमा बुझाइएको केन्द्रीय कमिटीमा नाम समावेश भएका तर आफू नयाँ पार्टीमा नगएको स्पष्ट पारेका नेताहरूमा प्रदीप नेपाल, भानुभक्त जोशी(बझाङ), कृष्ण खनाल (चितवन), सुरेश कार्की (उदयपुर), नरेश खरेल (झापा) र शिवकुमार गुरुङ (ताप्लेजुङ) रहेका छन् ।

    यी नेताहरूले एमाले पार्टी विभाजनको विपक्षमा रहेको र पार्टी एकतामै जोड दिएको स्पष्ट पारेका छन् । केन्द्रीय कमिटी प्रस्ताव गरेकै दिन नेताहरूले विद्रोह गरेपछि माधव नेपाल संकटमा परेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend