आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब एमालेमा भीम रावल प्रमुख नेता, अध्यक्ष केपी ओलीसँग सिधा टक्कर !

अब एमालेमा भीम रावल प्रमुख नेता, अध्यक्ष केपी ओलीसँग सिधा टक्कर !

  • मिडिया डबली
  • बुधवार, भाद्र २ २०७८

  • 8.1K
    SHARES

  • अब एमालेमा भीम रावल प्रमुख नेता, अध्यक्ष केपी ओलीसँग सिधा टक्कर !

    काठमाडौं – नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै अब पार्टीमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच टक्कर हुने भएको छ ।

    एमालेभित्र नेता माधवकुमार नेपाल पक्षीय मानिने धेरै प्रभावशाली नेताहरू नयाँ पार्टी नेकपा एमाले समाजवादीमा गएनन्, उनीहरू ओली अध्यक्ष रहेको नेकपा एमालेमै रहे । नेता नेपालले पार्टी दर्ता गराउँदा केही नेता मात्रै उनीसँग गएका छन् ।

    यसअघि पार्टीमा ओलीसँग नेता नेपालको टक्कर हुने भएपनि अब उपाध्यक्ष भीम रावलसँग टक्कर हुने भएको छ । उपाध्यक्ष रावलको विधि, विधान र पद्धतिअनुसार पार्टी सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् भने ओलीले मनपरी रूपमा पार्टी चलाएको आरोप लाग्दै आएको छ ।

    उपाध्यक्ष रावलसँगै नेपाल पक्षका धेरै नेता एमालेमै रहेकाले अब रावल शक्तिशाली बनेका छन्, रावल एमालेभित्र संस्थापनइतर पक्षको प्रमुख नेता बन्ने देखिएको छ ।

    नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला नेपालको पक्षबाट वार्ता कार्यदलमा रहेकासहित अधिकांश प्रभावशाली स्थायी कमिटी सदस्यले पार्टी विभाजनमा साथ दिएनन् ।

    एमाले स्थायी कमिटीमा नेपाल पक्षमा नेपाल, झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा रहेका थिए । तर अधिकांश नेताहरू नयाँ पार्टीमा गएनन् ।

    अध्यक्ष केपी शर्मा ओलीसँग असहमति भएपनि एमाले विभाजित गर्न नहुनेमा अधिकांश नेताहरू एकमत देखिएका छन् । नेपालको नयाँ पार्टीमा स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै साथ दिएका छन् ।

    नेता नेपालले आफू अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनाललाई राखेर निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । नेपाललाई सहज हुने गरी सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो । नेता नेपाल पक्षले प्रधानमन्त्री बन्न शेरबहादुर देउवालाई सघाएकाले सरकारले अध्यादेश ल्याइदिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend