काठमाडौं – नेकपा एमालेभित्र नेता माधवकुमार नेपाल पक्षीय मानिने धेरै प्रभावशाली नेताहरू नयाँ पार्टी नेकपा एमाले समाजवादीमा गएनन् । नेता नेपालले पार्टी दर्ता गराउँदा केही नेता मात्रै उनीसँग गएका छन् ।
नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला नेपालको पक्षबाट वार्ता कार्यदलमा रहेकासहित अधिकांश प्रभावशाली स्थायी कमिटी सदस्यले पार्टी विभाजनमा साथ दिएनन् ।
एमाले स्थायी कमिटीमा नेपाल पक्षमा नेपाल, झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा रहेका थिए । तर अधिकांश नेताहरू नयाँ पार्टीमा गएनन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग असहमति भएपनि एमाले विभाजित गर्न नहुनेमा अधिकांश नेताहरू एकमत देखिएका छन् । नेपालको नयाँ पार्टीमा स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै साथ दिएका छन् ।
नेता नेपालसँग धेरै नेता नगएपछि एमाले अध्यक्ष ओलीलाई फाइदा हुने भएको छ ।
नेता नेपालले आफू अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनाललाई राखेर निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । नेपाललाई सहज हुने गरी सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।