काठमाडौं – नेकपा एमाले विभाजन भई नेता माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
पार्टीमा अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित ९५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुवै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएका नेता राजेन्द्र पाण्डेले बताएका छन् ।
निर्वाचन चिह्नमा भने विवाद देखिएको छ । विवाद भएकाले चुनाव चिह्न नतोकिएको र कमल चिह्न पनि हुनसक्ने नेता पाण्डेले जानकारी दिए ।
दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाएर अन्य कम्युनिस्ट पार्टीसँग मिलेर जाने उनले बताएका छन् ।
एमालेमा अल्मलिएर रहेकाहरूलाई एमाले समाजवादी पार्टीमा समावेश हुन समेत आग्रह गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।