काठमाडौं – नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले नयाँ चालबाजी खेलेका छन् ।
ओलीले बागमती प्रदेशमा आफूपक्षीय मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर महिला नेत्री अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउँदैछन् ।
यसरी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेकी छन् । नेता नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागेपछि नेत्री शाक्य एमालेको ओली पक्षमै लागेकी छन् ।
एमालेले शाक्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीमा बनाउने भएको छ । जसका लागि बुधबार शाक्यलाई एमाले प्रदेश संसदीय दलको नेता चयन गरिएको सांसद अरुण नेपालले बताएका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई चयन गर्ने प्रस्ताव गरेपछि उनी दल नेता बनेकी हुन् ।
बाग्मती प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । बहुमत प्राप्त दलको संसदीय दलको नेता स्वतः मुख्यमन्त्री बन्ने प्रावधान अनुसार शाक्य मुख्यमन्त्री बन्ने भएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।