काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको विभाजन अन्तिम चरणमा आइपुगेको घोषणा गरेका छन् ।
आफूनिकट केन्द्रीय सदस्य र सांसदसँगको छलफलमा नेता नेपालले अन्तिम समयसम्म कुरा नमिले विभाजन नै विकल्प रहेको बताएका छन् ।
नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीको गतिविधि ठीक नभए पनि अन्तिमसम्म कुरा मिल्यो भने पार्टी एकतावद्ध हुने दोहोर्याएका छन् ।
नेता नेपालले भने, ‘मलाई केही हुन्छ भन्ने लागेको छैन । घनश्यामजीहरुले अन्तिम प्रयास गर्छौं भन्नुभएको छ । ठीक छ अन्तिम प्रयास गरौं । कहिलेकाहीँ अन्तिममा कुरा मिल्न पनि सक्छ । कुरा मिलेन भने हामीले नयाँ पार्टी नै बनाउने हो । नयाँ पार्टीका लागि तयार हुनुहोस् ।’
सरकारले दल विभाजन गर्न सहज हुने गरी मंगलबार अध्यादेश पारित गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।